पूर्णपुष्टि/उदयपुर, असार २२ ।
१४ वर्षसम्म भाडामा बसेको उदयपुर जिल्ला निर्वाचन कार्यालय शुक्रबारदेखि आफ्नै भवनमा सरेको छ । १ करोड २२ लाख ६८ हजार २७५ लागतमा तीनतले भवन निर्माण सम्पन्न भएपछि कार्यालय आफ्नै भवनमा सरेको हो ।
२०७३ साउनमा सम्झौता भई छ महिना म्याद थपसहित हाल निर्माण सम्पन्न भवनमा १४ कोठा रहेको र चारकोठा आवास बाहेक सबै कार्यालय प्रायोजनमा रहेको जनाइएको छ ।
एक समारोहकाबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भवनको उद्घाटन गर्नुभयो ।
आफ्नै भवन भएपछि कार्यालय व्यवस्थित हुने, कार्य सम्पादन चुस्त, दुरुस्त हुनुका साथै सेवाग्राहीलाई सहज हुने भएको छ ।
भिडियो…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1