
पूर्णपुष्टि, साउन २९ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले तीन नगरपालिकामा गरेकाे निषेधाज्ञ पहिलाे दिन अाज सर्वसाधारणाबाट पालना भएकाे पाइएकाे छ । त्रियुगा, बेलका र चाैदणडीगडी नगरपालिकामा लगाएकाे निषेधाज्ञ सर्वसाधारणबाट पालना भएकाे पाइएकाे प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयाे ।
प्रजिअ पाण्डेले हालकाे निषेधाज्ञ सर्वसाधारणसमेतकाे माग रहेकाे थियाे । सर्वसाधारणा अाफै पनि काेराेना प्रति सचेत र सतर्क रहेकाले पालना गरेकाे पाइएकाे उहाँले बताउनुभयाे ।
गाइघाट बजार विहानदेखि नै सुनसान रहेकाे थियाे । बजार र सडकहरूमा सुरक्षाकर्मी तैनाथ रहेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरि खटिएका थिए । सुरक्षाकर्मीले सर्वसाधारणलाइ विगतमा जस्ताे धेरै सम्झाउनु र धरपकट गर्नु नपरेकाे उहाँले बता
उनुभयाे । भाेलीका दिनहरूमा पनि सर्वसाधारणाबाट यसरी नै पालना हुने अाशा रहेकाे प्रजिअ पाण्डेले बताउनुभयाे । निषेधाज्ञ अागामी भदाै ७ गतेसम्मका लागि जारी भएकाे छ ।
तस्विरहरू :

