
पूर्णपुष्टि/उदयपुर, चैत २९ गते
-बैदेशिक रोजगारको क्रममा दक्षिण कोरीया रहेका नेपाली युवाहरुको संगठन उदयपुर सेवा समाज, दक्षिण कोरियाले उदयपुरका एक अग्नीपिडित घरपरिवारलाई आर्थिक सहयोग जुटाएको छ ।
समाजको तर्फबाट जुटाइएको रकम एक कार्यक्रमकाबीच बिहिबार गाईघाटमा अग्नीपिडित रौतामाई गाउँपालिका ५ का लमानसिंह मगरलाई सहयोग रकम हस्तान्तरण भयो । समाजकोतर्फबाट १५ हजार र समाजको पहलमा संकलन गरिएको थप १० हजार गरी कुल ३५ हजार रुपैया पिडितलाई प्रदान गरिएको हो ।
वडाध्यक्ष पाण्डव राई र समाजका सचिव बिबिन्द्र राईले संयुक्तरुपमा पिडित मगरलाई रकम हस्तान्तरण गर्नुभयो । रकम पाएपछि खुसी व्यक्त गर्दै पिडित मगरले प्राप्त रकम घर निर्माणमा खर्च गर्ने बताउनुभयो ।
सामुहिक प्रयासबाट देश र जिल्लाको सेवाका साथै भवितव्य अवस्थामा सहयोग, सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको समाजले पिडितको नाजुक अवस्थालाई मध्यनजर गरी सहयोग प्रदान गरिएको समाजका सचिव राईले बताउनुभयो ।
(भिडियो)