
पूर्णपुष्टि, साउन २७
त्रियुगा नगरपालिका ५ देउरीमा डुवेर एक जनाको ज्यान गएको छ । बुधबार करिब दिउँसो २ बजेको समयतिर देउरी स्थित कुमार दाहालको माछापोखरीमा डुवेर सोहि स्थानका ६५ बर्षिय दिलशेर राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरीमा मान्छे डुवेको खवर आउन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरले टोली खटाई घटना सम्बन्धि बुझेर थप अनुसन्धान गरिरहेको र मृतकलाई पोष्ट माटमको लागि जिल्ला हस्पिटल उदयपुर ल्याइएको प्रहरी प्रवक्ता तथा डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
