Friday, February 7News That Matters

उपचार नपाएर सुत्केरीको मृत्यु

साउन १६ गते । 

हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि चौकिमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको उपचार नपाएर मृत्यु भएको हो ।

एका विहानै प्रसूतिगृहमा लगीएपनि दुर्गम क्षेत्रमा उपकरण नहुदा आमा र बच्चा दुवैको मृत्यु भएको स्वास्थ्य चौकिले जनाएको छ ।

प्राय दुर्गम जिल्लाका स्वास्थ्य चौकीमा औषधी र उपकरण नहुनाले अकालमै सुत्केरी आमाहरुको ज्यान जाने गरेको छ । दुर्गम क्षेत्रका महिलाहरुले सानै उमेरमा विवाह गरी छिटै बच्चा जन्माउने भएकाले कतिपयको ज्यान जाने गरेको पाईन्छ ।