
पूर्णपुष्टि,बैशाख १८ । राष्ट्रपति रामचन्द्र पौडेल भारतबाट उपचार गरी स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गरी आईतबार राती नेपाल फर्किएका हुन् ।
राष्ट्रपति पौडेलको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
वैशाख ६ गते भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारको लागी भर्ना भएका राट्रपति पौडेललाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत पुर्याईएको थियो । छातीमा संक्रमण देखिएको राष्ट्रपति पौडेलसँग परिवारका सदस्यसहित ७ जना चिकित्सकको टोली भारत गएका थिए ।
