
पूणर्पुष्टि, साउन २४
उपत्यकामा लगतार कोरोना संक्रमणको संख्या दिनानु बढ्न थालेपछि सवारीमा जोर विजोर प्रणाली लागु गरिएको छ । सवारीहरुले झनै जोखिम बढाउने भन्दै सरकारले उपत्यकामा जोर विजोर प्रणाली लागु गरेको हो ।
सरकारले पादण्ड बनाएर सवारी चलाउन अनुमति दिएपनि सवारीहरुमा मापदण्ड पुरा नगरिएको पाइएको छ ।
सेनिटाईजर र सामाजिक दुरी सहितको मापदण्डको आधारमा सवारी खुल्ला गरिएपनि त्यो नगरेको पाइएको भन्दै जोखिम बढ्नाले जोर विजोर लागु गरेको छ । जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ ।
पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो ।
शुक्रबार मात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निणर्य गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, नीजि सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन ।
प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ ।
