Sunday, June 28News That Matters

उप–प्राध्यापक चलाउनेलाई कुटपिट गर्ने पक्राउ

पूर्णपुष्टि, असोज २६

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ परेको छ ।
उप–प्राध्यापक चलाउनेलाई घरेलु हतियारले आक्रमण गरी गम्भीर घाइते बनाउने सिरहाका रुपेश साह काठमाण्डौको कोटेश्वरबाट र सिरहाकै रविन लामा उनको घरबाटै पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । उनीहरुमाथि कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

गत असोज २० गते उनीहरुले उप–प्राध्यापक चलाउनेलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । चलाउनेको अहिले उपचार भइरहेको छ ।