Monday, February 17News That Matters

उल्लासपूर्ण साकेला सिलीको प्रस्तुती, हेर्ने र नाच्नेको भीड

उदयपुर, जेठ ३१ गते । 

उदयपुरको गाईघाटमा आज भईरहेको साकेला सिली प्रतियोगिता उल्लासपूर्ण देखिएको छ । १ नं। प्रदेशभरीकै साकेला सिली समुहहरुले प्रतिष्पर्धात्मक भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन संघीय सांसद सुरेशकुमार राईले गरेका छन् ।

प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुरका विभिन्न साकेला सिली समुहहरुले भाग लिएका छन् । उनीहरुकोे विभिन्न सिली प्रस्तुतीमा छन् । साकेला नाँच्न र हेर्नेको भीड ठूलो रहेको छ ।

खासगरी किराँत राईहरुको महान् पर्व साकेला ९उभौली० मनाउदै सिलीको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको अयोजक कमितिका अध्यक्ष प्रकाश राईले बताए । किराँत राई यायोक्खा प्रारम्भिक कमिटि, त्रिनपा ११, १२ र १३ को संयुक्त आयोजना रहेको प्रतियोगितामा लोक हुदै गएको र विशेष महत्वको सिली प्रदर्शन गर्नेको विशेष मूल्यांकन हुने जनाईएको छ । निर्णायक मण्डलले गरेको मुल्यांकनको आधारमा प्रतियोगी समुहलाई प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता बेलुकासम्ममा सकिने र नतिजा घोषणासंगै पुरस्कार वितरण कार्यक्रम हुनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार स्व। गिता राईको स्मृतिमा ३० हजार नगद रहेको छ । गाईघाटका समाजसेवी नरध्वज राईले आप्mनी छोरी स्व। गीता राईको स्मृतिमा साकेला कोषसमेत स्थापना गरिदिएका छन् । दोस्रो पुरस्कार समाजसेवी प्रेम चामलिङकी स्वर्गिय श्रीमती प्रेमीला राईको स्मृतिमा २० हाजार नगद छ । त्यस्तै तेस्रो पुरस्कार डा। कैलाशकुमार राईको स्वर्गिय आमा कुविरा राईको स्मृतिमा १० हजार नगद छ ।