Friday, August 7News That Matters

एक किलो सलहको ५० रुपैयाँ

पूर्णपुष्टि, असार १८

काठमाण्डौँको टोखा नगरपालिकाले १ केजी सलह किरा संकलन गरेर वडामा बुझाए ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । पछिल्लो पटक नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागी नगरले यस्तो योजना ल्याएको हो ।

सलह किराले ठूलो क्षेत्रमा कृषि बाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको नगरले जनाएको छ । नगरले सलह किराको प्रकोप नियन्त्रणको लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।

यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाइ किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।

सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने जनाएको छ ।