उदयपुर, माघ २६ गते ।
उदयपुरको उत्तरी भेगका उच्च पहाडी क्षेत्रमा पानी सँगै हिउँ परेको छ ।
जिल्लाको उच्च उत्तरी भालेवास, चित्रेथाम, माझाखर्क, दोबाटे आसपासको डाँडाहरुमा पानी सँगै शनिबार हिउँ परेको हो ।
लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाको उक्त डाडाहरुमा पानी सँगै हिउँ परेका छन् । करिब एक दशक पछि उक्त स्थानहरुमा बाक्लो हिउ परेको हो ।
पानी सँगै बाक्लो हिउ परेपछि अन्नबाली उत्पादन बृद्धि हुने भन्दै किसानहरु हर्षीत भएका छन् । ठिक समयमा पानी हिउ पर्नाले समयमै बालीनाली लगाउन पाईने र राम्रो फल्ने स्थानियहरु बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1