Friday, February 7News That Matters

एक युवा मृत अवस्थामा फेला

मोरङ, साउन ९ गते । 

मोरङको नुनसरी खोला र बक्रा खोलाको दोभानमा एक युवा मृत अवस्थामा फेला परेको छ । मिक्लाजुङ गाउँपालिका – ६ को खोला दोभानमा स्थानिय २० वर्षीय अनिष कार्की मृत अवस्थामा फेला परेको हो ।

गत ४ गते घरबाट मधुमल्ला बजार जाने भनि हिडेका कार्की घर नफर्कीएपछि आफन्तले खोजतलास गर्ने क्रममा बुधबार दिउँसो ५ बजे खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला परेको कार्कीको शवलाई ईलाका प्रहरी कार्यालय मुधमल्लाले कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।