Monday, June 22News That Matters

एक संक्रमितले गरे अस्पतालमै झुण्डिएर आत्माहत्या

पूर्णपुष्टि, बैशाख १८

कोरोना संक्रमित एकजनाले हस्पिटलको शौचालयमा झुण्डिएर आत्महत्या गरेको छ । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएको रुपन्देहीका ४० बर्षिय पुरुषले  शनिवार बिहान शौचालय जाने बाहानामा आत्माहत्या गरेको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’

स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको पाण्डेले बताए । तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो ।