Thursday, April 24News That Matters

एटुजेड क्वीजमा क्यानभास प्रथम, त्रियुगा लिटलफ्लावर्स दोस्रो र लालीगुराँस तेस्रो

पूर्णपुष्टि, गाईघाट, फागुन १०

-विद्यार्थीहरुमा चौतर्फी ज्ञानको विकास गर्ने उद्देश्यले सुक्रबार गाईघाटमा आयोजित प्रथम ए टु जेड बुक्स प्लालेस इन्टर स्कूल क्विज प्रतियोगिता २०७४ मा क्यानभास बोर्डिङ स्कूल, गाईघाटका विद्यार्थी जोडी प्रथम भएको छ । त्रियुगा नगरपालिकाका विभिन्न नौं विद्यालयका सहभागि जोडीहरुलाई पछि पार्दै सो स्कूलका प्रतिश पोखरेल र प्रतिमा बञ्जराको जोडीले प्रथम स्थान हाँसिल गरेको हो ।

त्रियुगा लिटल फ्लावर्स इंलिस स्कुल बोक्सेका इन्द्रकला राई र नवदिप राईको विद्यार्थी जोडी दोस्रो भए भने तेस्रो स्थानमा लालीगुरास बोर्डिङ स्कूल गाईघाटका शेखर कोइराला र रितम दाहालको विद्यार्थी जोडी सफल भए ।

ए टु जेड बुक्स प्लालेस गाईघाटद्वारा आयोजित प्रतियोगिताका प्रथम, दोस्रो तेस्रो स्थानमा आउन सफल विद्यार्थीहलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै क्रमशः ५, ३ र १ हजार नगदले पुरस्कृत गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरी, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, उदयपु साहित्य परिषद्का उपाध्यक्ष हरामान मोते, प्रायोजक दिपेश भण्डारी लगायतले विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभयो ।

कार्यक्रममा अतिथिहरु जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, किर्तिमानी संघ नेपालका अध्यक्ष तथा उल्टोमोटरसाईकल यात्री चित्रकुमार कार्की, विभिन्न विद्यालयका फाउण्डर, प्रिन्सिपल, शिक्षक, शिक्षिका तथा अभिभावकहरु थिए । कार्यक्रमका वक्ताहरुले यस्ता प्रतियोगिताबाट विद्यार्थीको चौतर्फी ज्ञानका साथै बौद्धिक विकासका टेवा पुग्ने भन्दै शुभकामना दिएका थिए । साथै साथै युनिक डिथ्रीका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरी कार्यक्रम मनोरञ्जनात्मक पारेका थिए ।

कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर रेडियो अमुर्तका आरजे तथा कार्टुनिष्ट कुमार मोतेले सञ्चालन गर्नुभएको थियो । आगामी वर्षदेखि अझ भब्यरुपले प्रतियोगिता सञ्चालन गरिने आयोजक किरन मोतेले बताउनुभयो ।