
उदयपुर, असार ४ गते ।
उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपको बुधबार खेलमा मोरङ फुटबल एकेडेमीलाई २–० ले पछि पार्दै सशस्त्रको एपिएफ फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा मोरङलाई पछि पार्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको ११ औँ मिनटमा एपिएफका जसी न. ९ को हरी कार्कीले गोल गर्दै खाता खोलेका थियो भने जर्सी नं १६ का प्रविन स्यान्त्याङ्ग दोस्रो गोल गरेको थियो स्यान्त्याङले गरको गोल निर्णयक गोल हुन पुग्यो भने कार्की उत्कृष्ट खेलाडी घोषीत भएको थियो ।
मध्यान्नपछि मोरङले आफ्नो रणनीतिलाई परिवर्तन गरे पनि मोरङका स्ट्राईकर नवयुग श्रेष्ठलाई विपक्षी खेलाडीले अगाडी बढ्न नदिएपछि थुप्रै अवसर गुमाउनु पर्यो ।
रणनीति सफल हुनु र मेहनतको अनुसारको नतिजा आएको एपिएफका कोच सदिप श्रेष्ठले बताए । पानीमा खेल्ने बानी नपरेपनि वललाई होल्ड नगरी सुख्खा मैदानमा लैजाने रणनीति बनाउन सक्नु नै जित सुनिश्चित भएको श्रेष्ठले बताए ।
मौसमका कारण आफ्नो टिम पराजय व्यहोर्नु परेको मोरङका कोच सन्जिव बुढाथोकीले बताए । पहिलो गोल आफ्नै कमजोरीबाट हुनु नै दुभाग्य भएको उनले बताए । मौसम प्रतिकुल हुँदा पनि खेल सोचेअनुसार प्रर्दशन हुन नसकेको दर्शकहरुको भनाई छ । खेल मैदान हिलाम्मै भएपछि खेलाडीलाई खेल्नका लागि असहज भएको थियो ।
घोषित भएका उत्कृष्ट खेलाडी कार्कीलाई नगद सात हजार र म्यडल प्रदान गरिउको आयोजकले जनाएको छ । तालिकाअनुसार सेमिफाईनलको अन्तिम खेल बिहीबार आयोजक उदयपुर ११ ले गोर्खाव्वाईज रुपन्देहीको सामना गर्ने छ ।