
साउन १६ गते ।
आर्थिक वर्ष २०७५/७६ मा एभरेष्ट बैंक लिमिटेडले ३ अर्व रुपैया खुद मुनाफा कमाएको छ । चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैँकले गत आर्थीक वर्षमा ३ अर्व ४ करोड खुद मुनाफा आर्जन गरेको हो ।
आव २०७४/७५ मा बैंकको नाफा २ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो । तर एकै वर्षमा १८ प्रतिशतले मूनाफा बढेर ३ अर्ब ४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।
बैँकले नाफासँगै अन्य सूचांकहरुमा समेत सुधार गरेको छ । ब्याज आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा करिब १८ प्रतिशतले बढेर खुद आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।
बैँकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर बिचको अन्तर ४.२९ प्रतिशत देखिएको छ भने नेपाल राष्ट्र बैंकले स्प्रेड रेट ४.५ सम्म झार्न निदेशन दिएको थियो ।