आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

एभरेष्ट भ्यूटप पर्यटन विकास समिति गठन, ज्ञान राई अध्यक्ष

उदयपुर, फागुन १२ गते ।

लिम्चुङबुङको पर्यटकीय विकास र प्रबद्र्धनका लागि आईतबार एभरेष्ट भ्यूटप पर्यटन विकास समिति गठन भएको छ । प्रशस्त पर्यटकीय क्षेत्र र सम्भावना रहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पहिलोपटक समिति गठन भएको हो ।

स्थानीय समाजसेवी एवम् किराँत राई यायोक्खा, केन्द्रिय उपाध्यक्षसमेत रहेका ज्ञानबहादुर राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्ष जनदिप थापा मगर, सचिव जितेन राई, सहसचिव नेत्रबहादुर कार्की, कोषाध्यक्ष पार्वती विश्वकर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा विजय कार्की, पूर्णशेर राई, मनोज बुढाथोकी, अमिन राई, शान्ति राई, देवकुमारी कार्की, सुनसेर राई र इन्द्रबहादुर कटुवाल रहेका छन् ।

लिम्चुङबुङबाट देखिने मनोरम हिमश्रृङ्खला । तस्बिर सौजन्य : लिम्चुङबृङ गाउँपालिका

पालिकाका भौतिक पूर्वाधार तथा पर्यटन संयोजक तथा १ नं. वडा अध्यक्ष भिमबहादुर किरातीको अध्यक्षतामा बसेको बैंठकबाट समिति गठन भएको हो । समितिले आप्mनो पहिलो गतिविधिको रुपमा आगामी नयाँवर्षको अवसरमा बैसाख १ गते पालिकाको पहिलो विविध सांस्कृतिक, खेलकुद विद्यामा प्रतिष्पर्धात्मक महोत्सव गर्ने भएको छ । महोत्सवसंगै विविध जातजातीको विविध संस्कार, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यले सेलो, साकेला, बालन, सोरठी, दोहोरी लगायतका सांस्कृतिक प्रतियोगिता गर्ने भएको छ । साथै लिम्चुङबुङ स्पोर्ट क्लवको संयोजनमा विविध खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने भएको छ । खुल्ला भलिबल प्रतियोगिता  लगायत छेलो, हाइजम्प, लम्जम्प, दौड जस्ता खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने जनाइएको छ ।

विभिन्न हिमश्रृङ्खला र मनोरम दृष्यहरुदेखिने भ्यूटप (रमितेडाँडा)बाट महोत्सवमा आउनेहरुले आठवटाबढि हिमाल र तराईका फाँटहरुको अवलोकन गर्न सक्ने छन् । महोत्सवले यसको पनि विशेष प्रचार प्रसार गरी पर्यटक आकर्षण गर्नेछ ।

शिक्षा, स्वास्थ्य, भौतिक विकास गतिविधिमा अगाडी बढिरहेको लिम्चुङबुङलाई हाल गठित समितिले पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने पालिका अध्यक्ष मेजरकुमार राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0