मोरङ, साउन ८ गते ।
मोरङको गोग्राहा चौकमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरन महानगरपालिका–३ को गोग्राहा चौकमा एम्बुलेन्सको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।
पैदल यात्री राजविराज नगरपालिका – ६ निबासी ५५ वर्षीय उर्मिलादेवी झालाई विहान ७ बजे ज १ च ११९५ नम्बरको एम्बुलेन्सले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी झालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगी उपचारको क्रममा साढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।