Monday, June 29News That Matters

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी, फागुन–२२

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुहबी नगरपालिका– ८ निबासी ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।

मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट घाईते भएकी चौधरीको गतराती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

एम्बुलेन्स र चालकलाई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।