Tuesday, June 9News That Matters

एम्बुलेन्सको ठक्करबाट १ साईकल यात्रीको मृत्यु

मोरङ, जेठ २४ गते ।

मोरङको गोकुवा चोकमा एम्बुलेन्सले ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु भएको छ । बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा सुनसरी बर्जु–१४ का ४० बर्षीय मनोज कुमार माझीको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका साईकल यात्री माझिलाई उचारको लागी विराट टिचिङ अस्पतालमा उचपारको क्रममा करिब पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ ।