
पूर्णपुष्टि, असार ११
ओखलढुङगामा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको छ । लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालक सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
लिखु गापाको ९ न.वडाको पोकलीतर्फ विरामी लान जाँदै गरेको गाउँपालिकाको ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स बिहान करिब साढे ९ बजे कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका–४, यसमका २३ वर्षीय खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । साँघुरो र ग्रेड नमिलेको भीरको बाटो भएकाले दुर्घटना भएको स्थानीयको भनाइ छ ।
