Thursday, June 18News That Matters

एलन मस्कद्धारा ट्विटर कम्पनीको नाम परिवर्तन

पूर्णपुष्टि,चैत्र २७ । अमेरिकाको सन फ्रान्सिस्कोस्थित ट्विटरको मुख्य कार्यालय अगाडि रहेको बोर्डको नाममा (सिइओ) एलन मस्कले कम्पनीको नाम नै परिवर्तन गरिदिएका छन् । मस्कले मुख्य कार्यालय बोर्डमा लेखिएको ‘TWITTER’ बाट ‘W’ हटाएर ‘TITTER’ (टिटर) बनाएका हुन् ।

सोमबार उनले एक ट्विटमार्फत आफूलाई कम्पनीको नाम ‘टिटर’ राख्ने इच्छा व्यक्त गरेका छन्। तर नाम परिवर्तन गर्न नमिलेका कारण उनले मुख्य कार्यालयको बोर्डबाट अंग्रेजी अक्षर डब्ल्यू ‘W’ हटाएका हुन् । ट्विटमा उनले भनेका छन्, ‘सान फ्रान्सिस्कोमा रहेको हाम्रो मुख्य कार्यालयको बोर्डमा कानुनी नाम राख्नुपर्ने हुन्छ। कानुनी रूपमा डब्ल्यू हटाउन मिलेन। त्यसैले त्यो अक्षरलाई रंग लगाएर छोप्यौं। समस्या समाधान भयो।’

मस्कले ट्विटरको नाम एकाएक परिवर्तन गरेका भने होइनन्। सन् २०२२ को अप्रिल मै उनले नाम परिवर्तन गर्नेबारे संकेत गरेका थिए। त्यसबेला मस्कले ट्विटरमा एक पोल गरेका थिए, जसमा ट्विटर शब्दमा भएको डब्ल्यू ‘W’ हटाउनु पर्छ हो भन्दै प्रयोगकर्ताहरूलाई सोधेका थिए। पोलमा दुई वटा विकल्प दिइएको थियो- ‘हो।’ र ‘अवस्य पनि।’

केही समय अघिमात्रै ट्विटरकको लोगो परिवर्तन गरेका थिए । केही दिनको लागि उनले ट्विटरको लोगोको रूपमा क्रिप्टोकरेन्सी कम्पनी ‘डोजक्वाइन’को लोगो एक कुकुर राखेका थिए।