
पूर्णपुष्टि,माघ २० । नव गायिका एलिना राई र अनिश राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार महेश खड्काको अफिसियल युट्युब च्यानलबाट ‘कलकते काइयोे’बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीत संयोजन महेश खड्काले गरेका छन् भने सब्द प्रकाश सापकोटाको रहेको छ । गीतको एरेन्ज पुरुशोत्तम सुबेदीले गरेका छन् । साथै एम.टि स्टुडियोमा गितको रेकर्डिङ उत्तम लामाले गरेका हुन् ।
नव गायिका एलिना राईको स्थायी घर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४,साउने स्थित माझगाउँमा छ । उनी हाल काठमाण्डौमै परिवार संग बसेर आफ्नो पढाईलाई निरन्तरता दिँदै संगित क्षेत्रमा नव गायिकाको रुपमा परिचित हुदै आएकि छिन् । यस अघि एलिना र प्रविन बेड्वालले गाएको ‘मायाँ देउता सरी’ बोलको गितले निकै चर्चा पाएको थियो । हाल सम्म एलिनाले तीन वटा गित नेपाली बजारमा ल्याईसकेकी छिन् ।
