
गाईघाट/साउन, १७
सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गार्धन राई उदयपुरमा आगमन हुनुभएको छ । नवलपरासीको सिमा सुरक्षामा महत्वपूर्ण योगदान र नेतृत्व गरेर चर्चामा चुलीएको राई उदयपुरमा सरुवा भएर आउनु भएको हो ।
सशस्त्र प्रहरीको क्षेत्रबाट नेपाल र भारत बिचको सिमा सुरुक्षामा राईको महत्वपूर्ण योगदान रहेका थिए ।
राई सिमा सुरक्षा बल नवलपरासी बाट सशस्त्र प्रहरी बल ५ न. हेक्वा उदयपुरमा आउनु भएको हो ।
नवलपरासीमा आफ्नो नेतृत्व र सशस्त्रको टिमले गरेको नेपाल सिमा सुरक्षाको योदानलाई सम्पूर्णले राम्रो कामको ब्याख्याको कारण आफुमा ठुलो साहस बढेको उहाँले बताउनु भयो ।
देश विदेशमा रहेका धरै नेपालीले आफ्नो र पुरा टिमको सकरात्मक ब्याख्या गर्दा निकै उत्साही भएका राई उदयपुरमा पनि यस्तै उदाहरण कामको अपेक्षा गर्न सबैमा अनुरोध गर्नु भएको छ । उद्योग वानिज्य संघको स्वागत कार्यक्रममा उपस्थित भएर उहाँले यस्तो बताउनु भयो ।
एसपी खड्काको काठमाण्डो सरुवा
त्यसैगरी उदयपुर बाट जय बहादुर खड्का सरुवा हुनु भएको छ । १ बर्षको कार्यकाल सकेर खड्का शुक्रबार हेट क्वाटर काठमाण्डोमा सरुवा भएर जानु भएको हो । उद्योग वानिज्य संघको स्वागत तथा विदाई कार्यक्रममा खड्काले उदयपुरलाइ सधै सम्झीरहने बाचा गर्दै आफ्नो योगदानहरु थुप्रै रहेको बताउनु भयो । सशस्त्रको अगुवाई गरिरहनु भएको खड्काले एक बर्ष भरी शसस्त्रको तर्फबाट उदयपुरलाई शान्ति सुरुक्षाको प्रत्याभुती गरेको अनुमान लगाउनु भएको छ ।
खड्काले उदयपुरको जनताहरुमा आश्यक सुरक्षाका लागि आफ्नो टोलीलाई सँधै तैनाथ बनाएको बताउँदै बाढी पहिरोमा उदयपुरे जनताहरुलाई ठुलो सुरक्षाको भुमिका खेलेको बताउनु भयो ।