Friday, February 7News That Matters

ऐतिहासिक उदयपुरगढीको संरक्षण सुरु

उदयपुर,जेष्ठ ३१ गते ।  

ऐतिहासिक उदयपुरगढीको संरक्षणमा गाउँपालिका लागी परको छ । सय वटा घुम्नै पर्ने पर्यटकिय क्षेत्रमा गढी परेपछि प्रदेश र पालिकाको बजेटमा संरक्षण नर्ग थालिएको हो ।

पुरानो सदरमुकाम समेत गढीले करिब ५० दशक पछि केहि मुहार फेर्न पाएको छ । ईतिहासमा मात्रै सिमित रहेका गढीको जिर्ण भौतिक संरचानहरुको संरक्षण गरि पर्यटकिय स्थलको विकास गर्नका लागि संरक्षणको काम थालिएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले बताईन् ।

त्यतिबेलाको दरबारको पर्खाल नभएपनि ईटा, फौजले कवाज खेल्ने मैदान, त्यतिबेला पुजा गर्ने पञ्चावती मन्दिरको मुर्ती, त्यस समयमा लेखिएका ताम्रा पत्र, शिला लेख, पानी पिउन प्रयोग गरिएका ढुङ्गेधारा, युद्धकलाको गढ प्रत्यक्ष देख्न सकिने उपाध्यक्ष राउतले बताईन् ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको रकमले गढी संरक्षण सुरु रिएको हो । भ्रमण वर्षमा करिब २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई सफल बनाउनका लागि मुलुक भरिका सय पर्यटकीय स्थलहरु घोषणा गरेको थियो ।

 

गढी नयाँ पर्यटकीय स्थलमा परेपछि संरक्षणमा पालिका लागि परेको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए । सुरुमा पर्खाल (वाल) उठाएर तार जालीले घेराबेरा गरेर संरक्षणको काम गर्न थालिएको सुवेदीले बतए ।

प्रदेश सरकारको २० लाख बजेटमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० लाख बजेट घेराबेराका लागि खर्च हुने सुवेदीले बताए । गढीमा अहिले सम्म रहेका जिर्ण भौतिक संरचनाको संरक्षण गरि पर्यटकिय क्षेत्रको विकास गर्नका लागि काम भईरहेको सुवेदीले बताए ।

गढी, फौज कवाज मैदान, मन्दिर, ताम्रा पत्र, शिला लेख, ढुङ्गे धारा लगायका विभिन्न भौतिक संरचना दिन प्रति दिन लोप हुदै गएकाले यसको संरक्षण गर्नका लागि घेराबेरा गरिएको पर्यटन पूर्वाधार विकास कार्यक्रम उदयपुरगढीका अध्यक्ष शुक्रबहादुर राईले बताए ।

उक्त स्थलहरुको वरीपरि घेराबेरा ७ फिट पर्खाल त्यसमा माथी तार जाली कबिर ५ सय मिटर बार लगाउने र दुई वटा गेट समेत निर्माण हुने अध्यक्ष राईले बताए ।

स्थानिय र सम्बन्धित निकायको ध्यान नजादा ऐतिहासिक उदयपुरगढी र पौराणिक महत्त्व बोकेका सम्पदाहरू भग्नावशेष अवस्थामा भएकाले गढीको पहिचान ओझेलमा परेको थियो । करिब ईसापूर्व १३२४ तिर मिथिलाको तिरहुत राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुर गढी स्थापना स्थानिय बुढापाकाले बताएका छन् ।

ईतिहास हेर्ने हो भने सने वंशका राजा उदयसिंह सेनले उदयपुरगढीको स्थापना भएको पाईन्छ । तर पछि नेपाल एकिरण गर्ने क्रममा पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा विललय भएको ईतिहासमा उल्लेख छ ।

 

पृथ्वी नारायण शाहले सन् १७७३ जुलाई १६ मा उदयपुरको चौदण्डीगढीमाथि आक्रमण गरेका थियो भने त्यसको दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको इतिहास साचि छ । मुसलमानको आक्रमणबाट बच्नका लािग तिनै उदयदेव नाम गरेका राजाले बनाएका दरबार तथा युद्धकिल्लाका अवशेषहरू अझै भेटिने गरेको छ ।

 

 

गढी मन्दिरको स्थापना १९७५ सालमा भएको ताम्रपत्रहरूमा उल्लेख छ । साविक पञ्चावती गाविस–७ चुलाढुंगाका एक जाना मगरले जंगलमा पाँच देवीका मूर्ति भेटेर पूजा आरधना गर्न थालेपछि उक्त मन्दिरको नाम पञ्चावती भएका स्थानियहरु बतउँछन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मन्दिरलाई ताम्र पत्रसहितका केही महत्त्वपूर्ण सामान चढाएको स्थानयहरुले बताएका छन् ।

साविकको पञ्चावती गाविस – १ मा पर्ने उदयपुरगढी हाल (उदयपुरगढी–५) पर्दछ  भने पालिकाको केन्द्र समेत रहेको छ । गढीको दरवार परिसरलाई पुरातत्त्व विभागसँग सहकार्य गरेर संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको लागि सम्बन्धित निकाय ध्यान जान जरुरी छ ।