Monday, May 11News That Matters

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

 पूर्णपुष्टि, असार ८ गते । 

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै १ न. प्रदेशको १४ वटै जिल्लामा कोरोना संक्रमण फेला परिसकेको छ ।

भारततको गोरखपुरबाट आएर क्वारेन्टाईनमा बसेका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये उनको रिपार्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएका युवा  क्वारेन्टाइनमा बसेकै ब्यक्ति हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको  जनाईएको छ ।