Tuesday, January 14News That Matters

ओभरलोड बोक्ने ट्रिपरमा प्रहरी निगरानी

पूर्णपुष्टि/उदयपुर, चैत २९ गते

-मारुती र कसमस सिमेन्ट उद्योगले चुनढुंगा बोक्न प्रयोग गर्दै आएको ट्रिपरहरुले तोकिएको भन्दा बढि भार ढुवानी गरेर सडक क्षती तथा दुर्घटनाको जोखिम बढाएपछि प्रहरीले निगरानी बढाएको छ । ट्राफिकसहितको प्रहरी टोलीले सडकमा ट्रिपरहरु रोकेर डालाभन्दा माथिका चुनढुंगा सडक किनारमै खसाल्न लगाउने गरेको छ ।

बुधबार इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारी, कटदिारी ट्राफिक इनचार्ज डिबि दियालीसमेत सडकमा खटिदै टिपरहरुको बढि लोड खसाल्न लगाए भने आगामी दिनमा फेला परे कारवाही गर्ने चेतावनी दिएका थिए ।
ओभरलोडका कारण सडक क्षतविक्षत हुने गरेको र दुर्घटनाको जोखिम बढिरहेकाले नियन्त्रणमा उत्रिएको डिएसपी अधिकारीले बतउनुभयो ।

स्थानीयबासीका अनुसार उक्त सडकमा मारुतीले करिब चारसय बढि र कसमसले दुईसयको हाराहारीमा चुनढुंगा बोक्न टिपर सञ्चालन गर्दै आएको छ ।

सिरहामा उद्योग सञ्चालन गरिरहेको मारुतीले कटारी क्षेत्र हुदै सिन्धुलीको ककुरठाकुरबाट चुनढुंगा ढुवानी गर्ने गरेको छ भने महोत्तरीमा उद्योग रहेको कसमसले कटारीको पटनाभञ्ज्याङ र उदयपुरगडी गाउँपालिकाबाट ल्याउने गरेको छ ।