
पूणर्पुष्टि, बैशाख २७
बरिष्ठ नेता माधव कुमार नेपालले ६ बुदे आफ्नो माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । विश्वसको मतका लागि समय नजिकदै गर्दा नेता नेपालले यस्तो पत्र पठाएको हो ।
पत्रमा उल्लेखखित बुदाहरुमा ओलीले चासो नदिए अर्थात ती सर्त पूरा नभए सांसद पदबाट सामूहिक राजीनामा दिनेसम्मको चेतावनी सहित पत्र पठाएको छ ।
नेता नेपालले भनेका छन् ‘हाम्रा जायज आवाजलाई बेवास्ता गरियो भने तपाईँ पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ,। ‘त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसका लागि पनि जिम्मेवार तपाईँ नै हुनुहुनेछ ।’ नेता नेपालले भनेका छन् ।
६ बुदे मागहरु

