
पूणर्पुष्टि, साउन, ४
पार्टी भित्रका विवादवारे छलफल गर्न आज वालुवाटारमा प्रधानमन्त्रि केपि शर्मा ओली र प्रचण्ड पुष्प कमल दाहालको भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको हो ।
विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ । शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।
अध्यक्ष प्रचण्ड समय लिएर प्रधानमन्त्रीलाई भेट्न आएको बालुवाटार स्रोतले जनाएको छ । माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आज विहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग अलग छलफल गरेका थिए ।
