Friday, February 14News That Matters

औषधी र उपकरण सर्पदंशलाई पालिकाको सहयोग

कटारी, असार २४ गते ।

उदयपुरको कटारी नगरपालिकाले सर्पको टोकाईबाट कसैलेपनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले ताराघारी व्यारेक र रण शार्दूल गाणलाई औषधी र उपकरण सहयोग गरेको छ । पानी नपरि अत्यात्रिक गर्मी बढेपछि सर्पको विगविगी हुने भएकाले सर्पको टोकाईबाट उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले नेपाली सेनाको ताराघारी व्यारेक र रण शार्दूल गण बेलस्रोतलाई औषधी र उपकरण सहयोग गरेको हो ।

चार लाख ५० हजार बराबरको सर्प दंशका अतिआवश्यक ३३ प्रकारका औषधि र अक्सीजनको सिलिन्डर लगायत ११ प्रकारका उपकरणहरु हस्तान्तरण गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

गर्मीयाममा सर्प बाहिर निस्कने भएकाले सवैले सतर्ककता अपनाउनु पर्ने पालिकाले जनाएको छ । जिल्लाकै सवै भन्दा बढी सर्प पाईने ठाउँ भएकाले सर्पको टोकाईबाट कसैको ज्यान नजावोस भनेर सर्प दंशको औषधि र  आवश्यक उपकरणहरु प्रदान गरको मेयर श्रेष्ठले बताए ।

केहि दिनदेखि अत्यधिक गर्मी बढिरहेकाले सर्प खेतबारी र बाटो घाटोमा निस्कन थालेकाले सर्पदंशका बिरामी ह्वात्तै बढेको पालिकाले जनाएको छ । ब्यारेक र गणमा दैनिक करिब ५ जना सर्पले टोकेका बिरामी आउने गरको जनाएको छ । छिमेकी जिल्ला ओखलढुङ्गा र सिन्धुलीबाट समेत सर्पले टोकेका विरामी अउने गरको व्यारेकले जनाएको छ ।