Sunday, June 28News That Matters

कञ्चनपुरबाट लागुऔषधसहित पाँच पक्राउ

पूर्णपुष्टि,चैत ८ 

कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–१० दैजी बजारबाट शनिबार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट–१० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध चरेश १.२४ ग्राम र ब्राउन सुगर ८.४५ ग्राम बरामद गरेको थियो । बिक्री वितरणको लागि पोका बनाउने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरु माथि आवश्यक कारवाहिका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।