Sunday, May 17News That Matters

कटारीकाे बेलसाेतमा टायर बालेर सडकजाम, दुर्घटनाबाट मृतककाे परिवारलाई क्षतिपुर्तिकाे माग

पूर्णपुष्टि, पुस १० ।

सवारी दुर्घटनामा मृत्यु भएकाकाे क्षतिपुर्ति र कारवाहिकाे माग गर्दै सिद्धिचरण राजमार्गकाे मिर्चैया-कटारी सडक अन्तर्गत कटारी नगरपालिका १ बेलसाेतमा अाज विहानदेखि सडक बन्द गरिएकाे छ । हिजाेराती ट्रकले ठक्करबाट मृत्यु भएका सिन्धुली जिल्लाको दुधौली न.पा. ११ धनसरी बस्ने बर्ष ५५ को दिपक कार्कीकाे परिवारलाई उचित क्षतिपुर्तिकाे माग गर्दै सडक जाम गरिएकाे हाे । स्थानीय र कृतकका अाफन्तहरुले टायरसमेत बालेर सडक बन्द गराएका छन् । सडक बन्दले त्यस क्षेत्रकाे यातायात सेवा ठप्प बनेकाे छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहालका अनुसार हिजाे राती सिद्दिचरण राजमार्ग अन्तर्गत पर्ने कटारी नगरपालिका -०१ बेलसोत नजिकैकाे चुरे जंगलमा प्रदेश न.३-०२-०१३ प.००७४ नम्बर मोटरसाइकलमा सवार मृतक कार्कीलाई मिर्चैयाबाट कटारीतर्फ आउदै गरेको ना.३.ख ४३२१ नम्बर को ट्रकले पछाडी बाट ठक्कर दिएकाे थियाे । ठक्करबाट कार्कीको घट्ना स्थलमै मृत्यु भएको थियाे ।