पूर्णपुष्टि, असोज २० गते ।
कटारी–सगरमाथाको द्वार भनेर पुरानो नामले चिनिने उदयपुरको कटारी बजारमा निर्माणाधिन कवर्डहल बजेटको अभावले अधुरो बनेको छ । कटारी व्याड्मिन्टन क्लव र भूपू सैनिक क्लवको पहलमा निर्माणाधिन कवर्डहल बजेटको अभावले निर्माण कार्य अधुरो भएको हो ।
भूपू सैनिक क्लवको आप्mनै प्राङ्गणमा निर्माणाधिन कवर्डहलको आधाजसो निर्माण कार्य भईसकेको क्लवका अध्यक्ष विष्णु आले मगरले बताए । खेलकुद परिषद्बाट प्राप्त १२ लाख रकमबाट कवर्डहलको आधाजसो निर्माण कार्य भएको छ । मगरका अनुसार कवर्डहलको चारैपट्टी सिमेन्ट रडको पिलरसहित दश÷बाह्र फिट उचाइसम्म इटा गाह्रो लगाईसकिएको छ ।
त्यसभन्दा माथिको कामका लागि भने बजेटको अभाव भएपछि निर्माण कार्य स्थगित भएको छ । बाँकी भागमा ट्रष्ट जोडेर छानोसहित टिन लगाएर बनाउने सोच रहेको उनले बताए । त्यसका लागि बजेट जोहोको पहल भईरहेको पनि उनले बताए । बाँकी कामका लागि खेलकुद परिषद लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग क्लवले सहयोग माग्ने काम गरेपनि हालसम्म कतैबाट सहयोग प्राप्त हुन नसकेपछि काम अधुरै रहेको छ ।
निर्माणाधिन कवर्डहल दुईवटा व्याड्मिन्टन कोर्ड र बास्केटबलसमेत खेल्न मिल्ने गरी निर्माण भईरहेको छ । कवर्डहल निर्माणले खेल र खेलाडीका लागि सुविधा पुग्ने मात्र नभई मुख्य व्यापारिक केन्द्रसमेत रहेको कटरी बजारको शोभासमेत बढाउने पक्का छ ।