
पूर्णपुष्टि, साउन १
उदयपुरको कटारी नगपालिका–३ हडैयास्थितको तावाखोला कटान रोक्न जाली लगाएर घेराबार गरिएको छ । वर्षेनी आउने खोलाबाढीले स्थानीयहरु जोखिममा रहेका छन् । उक्त जोखिम कम गर्नका निम्ती नगर प्रमुख कोषबाट ५ लाख ९३ हजार र जनश्रमदानबाट घेराबार गरी जाली निर्माण गरिएको हो ।
जाली निर्माणपछि स्थानीयको करिब ८ सय बिघा जमिन तथा खोला छेउका बस्ती सुरक्षित हुने तावाखोला नदी नियन्त्रण उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको मेयर कोषमार्फत र जनश्रमदान गरी जाली लगाइएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कार्यालयमार्फत आह्वान गरिएको ठेक्का कुमार बुढाथोकीले १७ लाख रुपैयाँमा ठेक्का लिएका थिए । सो ठेक्कामध्येको केही ड्याम निर्माण गरिएको भएता पनि १५० मिटरमध्ये ५५ मिटर २०७७ असार साउनको बाढीले बगाएपछि स्थानीयमा जोखिम बढेको थियो । जोखिम मूल्यांकन गरी मेयर कोषबाट एक्जाभेटर लगाएर जाली निर्माण गरिएको छ ।
