
उदयपुर, फागुन २२ गते ।
उदयपुरका कटारीको हस्पिटल चौकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
कटारी नगरपालिका–४ हस्पिटल चौकमा बुधबार विहान करिब ११ बजे ट्रकको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको हो ।
नगरपालिका – ५ खाडीखोप निबासी दिल बहादुर राई को छोरा अन्दाजी ५ बर्षीय मौसम राईलाई ट्रकले ठक्कर दिदा घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिमेन्ट बोकेर कटारीबाट सोलुखुम्वु हिडेका ना ४ ख ८८९८ नम्वर ट्रकले बाटोमा हिडिराखेका बलकलाई ठक्कर दिएकोे ईलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।
बजार यरिया भित्र तिव्र गतिमा गुडेका ट्रकले आमा र दीदीसँग मामा घर जान हिडेका बलकलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको उनका आफन्तजनले वताएका छन् । घटनापछि कटारी बजार तनाव ग्रस्त बनेको छ ।
ट्रकको ठक्करबाट मृत्यु भएको बालकको शव अझै घटना स्थलमै रहेको प्रहरीले जनाएको छ । गाडीको मालिक आउनु पर्ने, क्षतीपूर्ती दिनु पर्ने पिडित पक्षको माग सहित कटारी बजार बन्द गराएको प्रहरीले जनाएको छ । आन्दोनरत पिडित पक्षलाई मिलाउन प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय कटारीको प्रमुख प्रहरि नायव उपरिक्षक धुर्वकुमार श्रेष्ठले बताए ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।