Friday, October 4News That Matters

कटारीमा ट्राफिक संकेत बोर्डहरु राखिए

पूर्णपुष्टि, असोज २७ गते ।

कटारी– सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ कटारीको विभिन्न ठाउँमा ट्राफिक संकेतका बोर्डहरु राखिएक छन् । बजार क्षेत्रका विभिन्न ठाउँमा गति सिमित , हर्न निषेध, चौबाटोको संकेत दिने बोर्डहरु राखिएको अस्थायि ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डिबी दियालीले बताए ।

कटारी बजारको प्रवेश गर्ने स्थानमा नगरपालिकाको सहयोगमा अस्थायि ट्राफिक पोष्टको कार्यालय स्थापना भएपछि सवारी चेकजाँच तथा अन्य कामहरु व्यवस्थित भएको छ । तर, कटारी बजार क्षेत्रमा अभैm पनि व्यवस्थित पार्किङ्ग हुन नसक्नु , जथाभावि सडकमै व्यापारिक कार्य हुनु , आप्mना घरका निर्माण सामाग्रीहरु सडकमै राख्नु, जेब्रा क्रसिंङ्ग नहुनु, पैदल यात्रा सडकबाटै हुनुले ट्राफिक चुनौती भने कायमै रहेको दियालीले बताए ।

यसका कारण बजार अवस्था पनि कुरुप पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको उनले बताए । कटारी जस्तो व्यस्त र शहरीकरण बढ्दै गएको बजारमा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयको छुट्टै भवन निर्माण गर्न आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ । बोर्डका लागि यातायात व्यवसायी तथा विभिन्न निकायले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0