Friday, February 7News That Matters

कटारीमा डेंगु नियन्त्रण गर्न औषधि छरिने

कटारी सम्वाददाता

कटारी, असार १ गते । 

उदयपुरको कटारी नगरपालिका क्षेत्रमा पनि डेंगु रोग देखापरेको आशंकामा रगत परीक्षण गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियालाल यादवले स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधिलाई खबर गरी सतर्कता अपनाउन र फोहोरमैला व्यवस्थापन गर्न आग्रह गरेको छ ।

कटारी नगरपलिकाले डेगुं रोग नियन्त्रण सम्बन्धि अन्तकृया समेत सम्पन्न गरेको छ । कटारी नगरपलिकाको सभाहलमा सम्पन्न कार्यक्रममा डेगुं रोग फैलन नदिन नगरपलिकाका १४ वटा वडामा वडा अध्यक्षको सयोजकत्वमा वडा समिती गठन गरि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठले नगरपालिकाको १,२,३,४,५ र १४ सहितका अन्य वडामा स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी औषधी छर्ने जानकारी दिएको छ । डेगुं रोग नियन्त्रणका लागी सरसफाई आवश्यक भएकाले सरसफाई अभियान  मार्फत संक्रमण क्षेत्र सरसफाई गर्ने नगर उप प्रमुख भिम कुमारी राउतले जानकारी दिएको छ ।

डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउने ,  ज्वरो ५ देखि ७ दिनसम्म रहने, असाध्यै टाउको दुख्ने  – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने  – शरीरमा विमिरा आउने  – वाकवाकी लाग्ने – पेट दुख्ने गरेमा समयमै  स्वास्थ्य परिक्षण गर्नु पर्ने कटारी अस्पतालका डा. पवन साहले बताए ।  डेगुं रोगको बारेमा जानकरी दिदै घर,आगन तथा आफु बस्ने ठाउँ सफा राखी फोहोरमैला व्यवस्थापन गर्न समेत उनले आग्रह समेत गरेको छ  ।