Wednesday, July 8News That Matters

कटारीमा फागुन १५ देखि हिरक महोत्सव हुने

पूर्णपुष्टि,पुष १२ । उदयपुको कटारी नगरपालिका वडा नं.७, जनप्रेमी माविले ६०औँ वर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउने भएको छ । विद्याल ६० बर्ष पारको गरेको अवसरमा आगामी फागुन १५ गतेबाट हिरक महोत्वस मनाउने भएको हो । महोत्सवका अवसरमा स्मारिका प्रकाशन, हिरक स्तम्भ निर्माण लगायतकका कार्यक्रमहरु गरिने विद्यालयको प्रधानध्यापक डोमिला धमलाले बताए ।

विद्यालय व्यवस्थापन साथै शैक्षिक क्षेत्रलाई महत्वपुर्ण सहयोग प्रदान गर्नेहरुलाई सोहि कार्यक्रममा सम्मान गरिने छ । हिरक महोत्सवका लागि विभिन्न उपसमिति समेत गठन भईसकेको र उपसमितिहरुमा पूर्ववडाध्यक्ष धनकुमार दनुवारको संयोजकत्वमा अर्थ समिति , मदन तामाङ्गको संयोजकत्वमा स्मारक निर्माण समिति , शुरेस दनुवारको संयोजकत्वमा व्यवस्थापन समिति, ईश्वर पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।

त्यसैगरी स्मारिका लेखन तथा संकलन समितिको संयोजकमा प्रदिप ढुंगानालाई जिम्मा दिएको छ । २०१९ सालमा स्थापना भएको विद्यालयले ६० वर्ष पुग्दा समेत यसअघि कुनै महोत्सव गरेको थिएन । यसपटकको महोत्सवले विद्यालयको हालसम्मको उपलब्धिलाई संस्थागत गर्ने पनि प्रधानाध्यापक धमलाले बताउनुभयो ।