
ऋषि राई
कटारी, असार १३ गते ।
उदयपुरको कटारी नगरपालिकाले आज आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आदिवासी जनजाति साँस्कृतिक भवनमा नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नीति तथा कार्यक्रम सार्बजनिक गर्दै नगरपालिकाका उपमेयर भिमकुमारी राउतले कृषि तर्पm एकवडा एक उत्पादन पकेट क्षेत्र , उद्योग वाणिज्य तर्पm एकिकृत व्यापारिक केन्द्र निर्माण तथा व्यवस्थापन कार्य प्रारम्भ गर्ने बताउनुभयो । त्यसैगरी पर्यटन प्रवद्धृनका लागि पर्यटन वर्ष २०२० लाई सफल पार्न आवश्यक सहकार्य गर्ने बताउँदै साँस्कृतिक महोत्सव , फुड फेस्टिबल तथा होमस्टे संञ्चालनमा सहकार्य गर्ने कार्यक्रम प्रस्तुत गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा सहकारी संस्थाहरुलाई व्यवस्थापन र नियमन गर्दै लैजान र सहकारी एक वस्तु एक उत्पादन कार्यलाई कडाईृका साथ लागु गरिने कार्यक्रम रहेको छ । शिक्षा ,संस्कृति ,भाषा कला र खेलकुदको योजनाबद्ध विकास गर्दै माध्यमिक तहसम्म अंग्रेजी माध्यम निशुल्क शिक्षा उपलब्ध गराउन प्रोत्साहन गरिने भएको छ । नगका स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने ,शुद्ध पिउने पानीको पहुँचमा नगरवासीलाई पुराउने ,मौलिक संस्कृतिको संरक्षण गर्दै पर्यटकिय गतिविधि बढाउने , खेलकुदका कार्यक्रमलाई निरन्तरता दिंदै खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिईने भएको छ ।
नगरमा लैगिकमैत्री वातावरण तयार गर्दै हिंसामुक्त नगर बनाउने देखि लिएर सडक पुल पुलेसा तथा यातायातका कामलाई निरन्तरता दिईएको नगरको कार्यक्रम रहेको छ ।त्यसैगरी फोहोर व्यवस्थापन केन्द्र कार्यलाई निर्णयमा पुराईनुका साथै सेवा प्रवाह , सुचना प्रविधिलाई कार्यक्रमले प्राथमितामा राखेको छ ।
कार्यक्रममा बोल्दै नगरका मेयर श्रेष्ठले नीति तथा कार्यक्रममा उठेका सवालहरुलाई समेट्दै जाने बताउनुभयो । थप छलफल गरी नगर सभाबाट नगरवासीको अपेक्षा पुरा गर्न आफु लागि पर्ने पनि श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा नगर प्रवक्ता कृष्णराज दनुवारले सरकारले दिएको निर्देशन अनुसार वडाबाट योजना छनौट गर्न नसिकएको बताउनुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष राम पोखरेलले देखिने गरी ठूलो योजनाको काम गर्ने तयारी रहेको बताउनुभयो । कार्यक्रममाथि प्रतिकृया दिंदै वडा नम्बर ४ का वडा सदस्य हृदय तामाङ्गले समृद्ध नगर बनाउने प्रतिबद्धता यस्ता कार्यक्रमले पुरा हुन्छन त भनेर प्रश्न गर्नुभयो । कृषकहरुलाई एउटा बाख्रा सम्म नदिएर वडाध्यक्षहरु जनताको करको पैसाले मोटरसाईकल , मर्मत र प्mयुल प्रयोग गरिरहेको बताउनभयो ।टेण्डर प्रकृयामा समेत नगरले मनपरी गरेको उहाँले आरोप लगाउनुभयो ।