
कटारी असार १९ गते ।
उदयपुरको कटारी नगरपालिकाले डम्पिङ साईडको फोहोर व्यवस्थापन गर्न थालेको छ । गाउँ छेउमा डम्पिङ बनाए थुपारीएका फोहोरको दुर्गन्धले गाउँनै दुर्गन्धित बन्नेपछी पालिकाले व्यवस्थापनको काम थालेको हो ।
कटारी नजिकै बजारको फोहोर १ किलोमिटरको दुरीमा रहेको कटारी नगरपालिका – ३ राजावासमा थुपार्दा फोहरको दुर्गन्धले स्थानीयहरू आजित भएका थिए । फोहोर संकलन केन्द्रमा नगरपालिकाको जेसिबी लगाएर फोहोर पुर्ने काम भईरहेको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । बजार र गाउँ नजिकै रहेको फोहोर फाल्ने डम्पिङ्ग साईटलाई निकट भविष्यमा अन्यत्र सारेर व्यवस्थित गरिने उनले बताए ।
कटारी बजारबाट निस्किने फोहोर डम्पिङ्ग साइट गाउँ नजिकै भएपछि गाउँमा दुर्गन्ध फैलिने गरेको स्थानीयको गुनासो आएको थियो । डम्पिङ्ग साइट अन्यत्र सार्न पटक पटक नगरपालिकामा कुरा राख्यौँ तर सुनुवाइ नभएपछि निवेदन पनि दिइयो तर अहिलेसम्म नगरपालिकाले बेवास्ता नै गरेको स्थानीयले गुनसो गर्दै आएका थिए ।
दुर्गन्ध पैmलिएको बारे स्थानिय तथा राष्ट्रिय संञ्चारमाध्यमहरुमा समेत समाचार प्रशारण प्रकाशन भएको थियो । ४ वर्ष पहिले कटारी नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हचुवाका भरमा गाउँ नजिक डम्पिङ्ग साइट निर्माण गरिएको स्थानीयको भनाई छ ।
स्थानीयलाई सोधखोज नै नगरी नगरपालिकाकाले फोहोर ल्याएर फाल्न थालेको उनीहरूको भनाई छ । जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्र कटारी बजारबाट दैनिक २० टन बढी फोहोर डम्पिङ्ग साइटमा फाल्ने गरिएको छ ।