Saturday, June 27News That Matters

कटारी–११ मा भयो हत्या घटना, फरार हत्यारा दुइघण्टाभित्रै पक्राउ

उदयपुर, भदौ २७ ।

उदयपुरको कटारी नगरपालिका ११, लगनथुम्कामा एक महिलामाथि खुकुरी प्रहार गरी आज हत्या भएको छ । स्थानीय ५० वर्षिया डोरकुमारी राउतको खुकुरी प्रहार गरी छिमेकी २५ वर्षिय विनोद भनिने रोशन राना मगरले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
मगरले वादविवाद गरी आगनमा लछारपछार पारेको र गोठमा लगेर खुकुरीले हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरीले महिलाको शरीरको विभिन्न भागमा प्रहार हुदा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

हत्यापछि मगर फरार भएको र प्रहरीले खेजतलास गर्ने क्रममा सोही वडाको हात्तिसुढे भन्ने ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको दुईघण्टाभित्रमै हत्यारालाई पक्राउ गर्न प्रहरी सफल भएको बताइएको छ । घटनाको बेला मृतकको बुहारी उर्मीला राउत मात्र रहेको र उनले गाउँलेहरुलाई हार गुहार माग्दामाग्दै हत्या गरेर मगर फरार भएको बताइएको छ । घटनाको खबर लगत्तै प्रहरी उपरिक्षकको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरी हत्यारा पक्राउ गरेको हो । मगरलाइ कारवाहीका लागी अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।