
पूर्णपुष्टि, असार ५ गते ।
कतार, दुवई र कुवेतमा मृत्यु भएका २३ जना नेपालीको शव काठमाडौं ल्याइएको छ ।
कतारबाट २० वटा, दुबईबाट १ र कुवेतबाट २ वटा शव विमान मार्फत ल्याएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।
त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको जनाईएको छ ।
