Friday, February 7News That Matters

कम उत्पादन हुदाँ आँपको मूल्य आसियो

उदयपुर, असार २४ गते । 

मौसमी फलफुल मध्ये एक प्रमुख फलको रुपमा चिनिएका आँपको बजार मूल्यले सामा नाघेको छ । एक वर्ष फल्ने अर्को वर्ष नफल्ने भएकाले स्थानिय आँपको कम उत्पादन हुदा उदयपुरको बजारहरुमा आँपको मूल्यले सिमा नाघेको हो ।

गत वर्षको तुलनामा १० केजी आँप आउने पैसाले अहिले एक केजी आउन पनि गाह्रो भएको उपभोक्ताहरुले बताएका छन् । गत साल १० ÷ १५ रुपैया केजी पाईने आँप अहिले एक सय रुपैया भन्दा बढी भएको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा धेरै आँपहरु आएपनि सवै भन्दा बढी उपभोक्ताहरुले मालदह नै किन्ने गरको व्यापारीहरुले बताएका छन् । आँपको राजा भनेर चिनिने मालदह आँप बढी उपभोक्ताहरुले रुचाउने गरेको व्यापारी विना भगतले बताईन् । उदयपुरमा आँप कम फलेकाले बाहिरबाट ल्याएको आँप महंगो मूल्यमा विक्रि गर्नु परेको उनले बताईन् ।

आँप कम फलेकाले महंगो मूल्यमा खरिद गरि महंगो मूल्यमै बेच्नु परेको व्यापारी विना भगतले बताईन् । गत वर्षको तुलनामा यति धेरै आँपको मूल्य बढ्छ भनेर नसोचेको उनले बताईन् । काँचो फलफुलको व्यापारमा  कहिले कुहिने त कहिले घाँमले सुक्ने भएकाले नाफा घाटा उस्तै हुने गरेको उनले बताईन् ।

समुन्द्रि सतहदेखि करिब छ सय मिटरको उचाईलाई आँपको खेति योग्य भाग मानिएकाले उदयपुरमा उक्त भेगमा कमै व्यावसायीक खेती गर्ने भएकाले र एक वर्ष फल्ने एक वर्ष नफल्ने आँपको गुण भएकाले यस वर्ष कम उत्पादन हुदा बजार मूल्य बढेको कृषी ज्ञानकेन्द्र उदयपुरका बाली संरक्षण अधिकृत बासु ढुङ्गेलले बताए ।

जिल्लाको त्रियुगा, बेल्टार, रामपुर, त्रिवेणी र कटारी आसपासको भेगमा आँपको खेती गरीने र उक्त क्षेत्र आँप खेतीको लागि उपयुक्त क्षेत्र मानिन्छ । आँपको वंशानुगत गुण नै एक वर्ष फल्ने एक वर्ष नफल्ने भएकाले यस वर्ष नफल्ने वर्ष परेकाले पनि कम उत्पादन भएको अधिकृत ढुङ्गेलले बताए ।

मौसम र आँपको फल्ने नफल्ने वर्ष गर्दा यसपालि आँप उत्पादनमा गिरावट आएको त्रियुगा नगरपालिका कृष विकास शाखा अधिकृत नाथुराम चौधरीले बताए । समयमा पानी नपर्नु र फल लागेपछि हावाहुरी र असिनाले दाना झारेकाले कम उत्पादन भएको उनले बताए ।

समयमा पनी नपर्दा आँपले फुल खेल्दादेखि दाना लागेपछि पनि विभिन्न किराले दाना झार्ने गर्दछ । तर समयमै पानी पर्दा किरा नलाग्ने भएकाले राम्रो उत्पादन हुने गरको अधिकृत चौधरीले बताए ।

जिल्लाबा बजारहरुमा बाहिरबाट आयात भएका आँप खान योग्य छ कि छैन भनेर परिक्षण गर्ने उपकरण (ल्याव) नभएकाले कुनै आँपको विषदी परिक्षण नगरिएको सम्बन्धित कार्यालयहरुले जनाएको छ । खाली आँखाले छुट्याउन नसकिने भएकाले परिक्षण चाहेर पनि विषदी परिक्षण गर्न नसकिएको सम्बन्धित कार्यालयहरुले जनाएको छ ।

बजारमा आएको आँप विषदीयुक्त भन्ने जनगुनासो आएपछि पालिकाको कृष विकास शाखाको पहलमा छिट्टै बजार अनुगमन गर्ने कृषी विकास शाखाले जनाएको छ ।