उदयपुर, असार ०२ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब साढे ११ बजे ३१ वर्षिय गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेको थियो । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्य भएको थियो ।
घरमा श्रीमान्लाई करेन्ट लागेको खेदेर तत्काल मेनस्विच मार्ने क्रममा उनकी श्रीमती ३० वर्षिया सम्ना खड्कालाई पनि करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार पठाईएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो मृत्यु भएको थियो । घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।