Monday, June 22News That Matters

करेन्ट लागेर एकको ज्यान गयो

पूर्णपुष्टि,चैत २६

सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा हिजो करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ललितपुर महाकाल गाउँपालिका–४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर ज्यान गएको हो ।

पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंहहोम  लगिएकोमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।