
मोरङ,साउन १६ गते ।
मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । लेटाङ नगरपालिका – ३ को त्रिसुली चोक निबासी पदमबहादुर राईको छोरा १५ वर्षीय सौजन राईको करेन्ट लागेर मृत्यु भएको हो ।
राती करिब सवा १ बजे मोवाईल चार्जमा राखेर गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।