
पूर्णपुष्टि, जेठ ३० गते ।
कर्णाली प्रदेशमा आज थप ८३ जनामा कोरोना संक्रमण पष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संंक्रमितको संख्या ८ सय ४६ पुगेको छ ।
प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
आज थप २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । दैलेखको नारायण नगरपालिकाका २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै कर्णालीमा उपचारपछि निको हुनेको संख्या ८२ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।

