Friday, May 22News That Matters

कलाकार रियाशा दाहाल भिक्टर सँग विवाह गर्दै

पूर्णपुष्टि,वैशाख ११ । पछिल्लो समय कलाकारिता क्षेत्रमा प्रख्यात नाम कमाएकी कलाकार रियाशा दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल सँग विहा गर्ने भएकी छीन् । बिजत तीन वर्षदेखिको प्रेम सम्बन्धमा रहेका यी जोडीले आगामी २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ ।

रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । यता भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।