Friday, October 4News That Matters

कला, सँस्कृति तथा साहित्यको प्रवद्र्धन गर्न माग

पूर्णपुष्टि/खोटाङ, पुस १२ गते ।

खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आएका कलाकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कला, सँस्कृति, सँगीत तथा साहित्यको प्रवद्र्धन एवम् संरक्षण गर्न ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राई (पासाङ)लाई कान्तिपुर फिल्म एकेडेमी मैतीदेवी काठमाडौंमा बुधबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा कलाकारले जिल्लाको कला, सँस्कृति, सँगीत र साहित्यको प्रवद्र्धनमा सहयोग गर्न ध्यानाकर्षण गराएका हुन् ।

राजधानीमा बसेर कलाकारितामा संलग्न कलाकारले कलाकारिताको प्रवद्र्धनमा कसैको चासो पुग्न नसकेको भन्दै खोटाङमा हरेक वर्ष राष्ट्रिस्तरको खोटाङ हलेसी महोत्सव आयोजना गर्न, नाटक, लघुनाटक मञ्चन, साहित्यिक भेला गर्न साँस्कृतिक भवन बनाउन एवम् संग्रहालय, स्रष्टाहरुको प्रतिमा र मौलिक होमस्टे सहितको नमुना गाउँ निर्माणका लागि जनप्रतिनिधिको हातमा लिखित मागपत्र थमाएका छन् । भिमबहादुर थापा, लक्ष्मी गिरी, जसराज किराती, नवल खड्का, महेस खड्का लगायत १० श्रष्टा तथा कलाकारको संयुक्त हस्ताक्षर भएको माग–पत्र कार्यक्रमकैबीचमा नवनिर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको कार्यक्रमको संयोजन गरेका कान्तिपुर फिल्म एकेडेमीका प्रबन्धक प्रकाश पुरीले जानकारी दिनुभयो ।

जनप्रतिनिधिलाई कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राई र पुरीले माग–पत्र बुझाउनुभएको जनाइएको छ । कार्यक्रममा नयाँ तथा पूराना गरी दुई दर्जन बढी कलाकारको जमघट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0