
जेष्ठ २७ गते ।
१. एभोकाडो– यो फल सेवन गर्दा ग्लुटाथाईन तत्व उत्पादन गर्ने भएकाले कलेजो सफा गर्न सहयोग गर्छ ।
२. सागसब्जी – हरियो सागसब्जी काँचै, पकाएर वा जुस बनाएर जसरी खाएपनि हुन्छ । यसमा क्लोरोफिल्स तत्व पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न सहयोग छर्दछ । त्यसैले कलेजो स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ ।
३. कागती – यो फलमा सि भिटामिन पाईने भएकाले बिहान नियमित रुपमा कागती पानी सेवन गर्नाले कलेजोलाई राम्रोसंग काम गर्न सहयोग गर्दछ ।
४. प्याज– यसमा हुने अलाइसिन र सेलेनियम नामक प्राकृतिक तत्वले कलेजोलाई सफा राख्न मद्दत गर्दछ । यसले लिभर इन्जाइमलाई सक्रिय बनाई शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्दछ ।
५. स्याउ– यस फलमा पेक्टिन नामक तत्व पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ ।
६. जैतुनको तेल– यो तेल अरु तेल जस्तो होईन यसले शरीरमा भएका हानिकारक पदार्थ निकाल्न सहयोग गर्दछ ।
७. अंगुर– यस फलमा भिटामिन सि र एन्टिअक्सिडेन्ट तत्व पाईने भएकाले दैनिक एक गिलास अंगरको जुस सेवन गर्नाले कलेजोलाई विषाक्तमुक्त बनाउन इन्जाइम तत्व उत्पादन गरि सफा राख्न सहयोग गर्दछ ।
८. ब्रोकाउली र काउली– यो तरकारी सेवन गर्नाले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व उत्पादन गरि कलेजोमा इन्जाइमको काम समेत गर्दछ । इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न निकाली क्यान्सर हुने खतराबाट मुक्त गर्दछ ।
९. चुकन्दर र गाँजर – यी दुवैमा बेटा क्यारोटिन तत्व पाईने भएकाले यसको सेवनले कलेजोको काम गर्ने क्षमता बढाउँछ ।
१०. बेसार – बेसारको सेवनले शरीरबाट विषाक्त पदार्थ हटाउने काम गरि कलेजोलाई सहयोग गर्दछ । र शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सरको खतराबाट टाढा राख्न सहयोग गर्दछ ।
११. ग्रीन टी– यसले कलेजो स्वास्थ्य राख्नका लागि ठुलो मद्दत गर्छ । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ । ग्रीन टीले डाइटमा पनि वृद्धि गर्छ । तर एकै पटक धेरै पिउनु हुँदैन ।